निर्वाचनको मतगणना अन्तिम चरणमा, अब ४ क्षेत्रको मात्र अन्तिम नतिजा आउन बाँकी

काठमाडौं । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा अन्तर्गत १ सय ६५ सिट मध्ये हालसम्म १ सय ६० निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । प्रतिनिधिसभा अन्तर्गत अब ४ क्षेत्रको मात्र अन्तिम नतिजा आउन बाँकी छ । घोषित परिणाम अनुसार बाम गठबन्धनले दुई तिहाई मत प्राप्त गरेका छन् । गठबन्धनले हालसम्म १ सय १३ सिटमा आफ्नो झण्डा गाडेका छन् ।
समग्रमा एमालेले ७७, माओवादी केन्द्र ३६, काँग्रेस २२ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार २६ सिटमा विजयी भएका छन् । गणना भईरहेका ४ स्थानमा एमाले अगाडि छ ।
प्रदेश सभा अन्तर्गतका ३ सय ३० सिट मध्ये ३ सय २५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश सभामा पनि बाम गठबन्धनले दुई तिहाई र्पुयाएका छन् । घोषित परिणाम अनुसार बाम गठबन्धनले २ सय ३७ स्थानमा जित हात पारेका छन् । प्रदेशसभामा पनि एमालेले फराकिलो अग्रता हात पारेको छ । उसले हालसम्म १ सय ६५ प्रदेश सभामा जित निकालेको छ ।
माओवादी केन्द्र ७२ र नेपाली काँग्रेस ४३ स्थानमा विजयी भएका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले प्रदेश सभाका ४४ स्थान कब्जा गरेका छन् । गणना भईरहेका ५ स्थानमध्ये एमाले १, माओवादी केन्द्र १, काँग्रेस ३ स्थानमा अगााडि छन् ।

प्रतिक्रिया दिनुहोस्