सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स लिमिटेडबीच सम्झौता”

काठमाडौं, १७ मंसिर । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्स लिमिटेडसंग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गर्नुभएका हो ।
यस सम्भलौता पश्चात सिभिल बैंकका ग्राहकहरुले आईएमई–पेमार्पmत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमाहल र हवाई टिकट समेत खरिद गर्र्न सकिने बंकले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु १८ करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या७० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्