सिटी एक्स्प्रेसको“लखपतिएक्स्प्रेस” योजनाको दोस्रो महिनाको लखपति विजेता घोषित
काठमाडौं, १७ मंसिर । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाअन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको रु. एक लाखको मासिक लक्कीड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् ।
यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९ साय २४ जनाले रु दई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा तीस जना विजेताले रु दश हजार र १ जनाले रु. एक लाख जितिसकेका कम्पनीले जनाएको छ ।
सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबिच उक्तनगद पुरस्कार हस्तान्तरण गरिएको हो ।
सिटी एक्स्प्रेसको“लखपतिएक्स्प्रेस”उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु दुई सयको मोबाइल टप अप १२ जनाले जित्नसक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुलेरु १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले रु १ लाख जित्नसक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमारु १२ लाख सम्म जित्न सक्ने छन् । योयोजना असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुने कम्पनीले जनानएको छ । । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने छन् ।















प्रतिक्रिया दिनुहोस्