काठमाडौं । युवाजागरण सहयोगी संस्थाले ब्लडक्यान्सरबाट पीडित ९ वर्षिय बालक सोनाम शेर्पालाई सहयोगार्थ रु ७४ हजार रुपैया हस्तान्तरण गरेको छ ।
संस्थाले एक कार्यक्रमबीच ताप्लेजङ जिल्ला मेरिङ्देन गाउँपालिका वडा नं. ६ निवासी ९ वर्षिय बालक शेर्पालाई उक्त रकम आमाफुलमाया शेर्पालाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम देश विदेशमा रहनुभएका नेपालीदाजभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नुभएको थियो ।
सहयोग स्वरुप रकम संस्थाका सक्रिय सदस्यहरु अनिललामा, गोपालअधिकारी र झलनाथ खतिवडाको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।
कार्याक्रममा बोल्नुहुदै संस्थाका सदस्य गोपाल अधिकारीले सबैको सहयोग भएमा कुनै ब्यक्तिको पुर्नजीवन हुने भएकाले यस्ता कार्यहरु निरन्तर रुपमा गर्ने र सहयोगीहातहरुलाई लिएर अगाडि बढ्ने विचार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्