भेरी अस्पतालमा चिकित्सक अभाव

काठमाडौं, मङ्सिर १५ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ ।
अस्पतालमा रहेको ५६ चिकित्सकको दरबन्दीमा अहिले २९ जना कार्यरत छन् ।
अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको सङ्ख्यामासमेत सरकारले नै ध्यान दिनसकेको छैन ।
सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो ।
सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।
अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अस्पतालका मेडिकल सुपेरिटेण्डन्ट रूपानन्द अधिकारी बताउछन् । उनका अनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करीब ३६ जना नियमित सेवामै छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् ।
उनले दरबन्दीअनुसारका चिकित्सक माग गरे पनि प्रदेश र केन्द्रीय दुवै सरकार र अस्पताल विकास समिति उदासिन रहेको बताए । “दरबन्दी छ, तर कतिपय सर्जन चिकित्सकका लागि अस्पतालमा ठाउँ, प्रविधि (वार्ड र ओपीडी) कै अभाव रहेको अधिकारी बताउ छन् ।
प्रतिक्रिया दिनुहोस्