परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानको गणना जारी

काठमाडौं। मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्रमध्ये अब ५ क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ ।

१ सय ६० स्थानको अन्तिम परिणाम सार्वजनिक हुँदा एमालेले हालसम्म ७७ र माओवादी केन्द्रले ३६ स्थानमा जित हात पारेको छ । काँग्रेसले २१ स्थानमा जित हालिस गर्दा राजपा र संघीय समाजवादीको गठबन्धन २१ विजयी भएको छ । राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा विजयी भएका छन भने स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।

नतिजा आउन बाँकी क्षेत्र मध्ये स्याङ्जा १ र २, सुनसरी ३ र कैलाली २ मा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् भने सर्लाही ४ मा राजपाका उम्मेदवार अगाडी छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता लिँदा कांग्रेसका विजयकुमार गच्छदारले झिनो मत अन्तरमा पछ्याइ रहेका छन ।

स्याङजा १ मा एमालेका नारायण मरासिनीले अग्रता लिँदा कांग्रेसका राजु थापा पछ्याइ रहेका छन भने स्याङजा २ मा एमालेकी पद्यमा अर्यालले अग्रता लिँदा कांग्रेसका गोपालमान श्रेष्ठले पछ्याइ रहेका छन ।

कैलाली २ मा एमालेकै झपट रावलले अग्रता लिँदा कांग्रेसका मोहनसिंह राठौरले पछ्याइ रहेका छन । यता, सर्लाहीमा भने राजपाका राकेशकुमार मिश्रले अग्रता लिँदा कांग्रेसका अमरेशकुमार सिंहले पछ्याइ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्