कृष्ण किचन सोलुसनको KUTCHINA ब्राण्डको Modular Kitchen Items नेपालमा
काठमाडौ, मंसिर १४ । कृष्ण किचन सोलुसनको KUTCHINA ब्राण्डको Modular Kitchen Items नेपालमा आजबाट एक कार्यक्रम आयोजना गरि बिक्रि वितरण शुरु गरेका जानकारी गराएको छ ।
यस अघि काठमाडौं तीनकुने स्थित कृष्णा मार्वल (कृष्णा ट्रेडिङ्ग कन्सर्न) ले कृष्णा मार्वल, भरमोरा टायल/मार्वल बिक्रि गर्दै आईरहेको थियो । ग्राहक बर्गको सुबिधालाई मध्यनजर गर्दै कृष्ण किचन सोलुसनले KUTCHINA ब्राण्डको Modular Kitchen Items को नेपालमा पहिलो पटक बिक्रि वितरण शुरु गरेको हो ।
उक्त ब्राण्डको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक Namit Bajoria ले कम्पनीका उत्पादनहरुको बारेमा समेत जानकारी गराएका थिए । उनका अनुसार यस ब्राण्डका सामानहरु नेपालमा बिक्रि वितरणमा रहेका भन्दा फरक प्रकृतिको रहेको र आगामी ५ बर्ष सम्मको लागि ग्यारेन्टी समेत कम्पनीले प्रदान गरेको जानकारी दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्