७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्क, विश्व एड्स दिवस मनाईदै : स्वास्थ्य विभाग

काठमाडौं, १४ मंसिर । नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका कारण हुने गरेको तथ्य स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपालमा शुक्रवार विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
एचआईभिको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाउ भन्ने मुल नाराका साथ यस पटकको विश्व एड्स दिवस मनाईदै छ । एचआईभि संक्रमित घटाउँदै लैजाने र एड्स्को महामारीलाई अन्त्य गर्न दिगो विकास लक्ष्यहरु तथा एचआईभि रोकथाम, हेरचाह, सहयोग तथा उपचार तथा जनचेता मुलक कार्यक्रम गरि यसलाई तिव्रता दिन आवश्यक छ । यो नै एचआईभि संक्रमितलाई रोकथाम गर्ने मुल तत्व हो ।
नेपालमा १५देखि ४९ वर्ष समुहका मानिसमा एचआईभि संक्रमितको व्यप्तता दर ०.१ ५ प्रतिशत रहेको छ । नेपालमा एचआईभि संक्रमण मुख्य माध्यम सुई, यौनकर्मी नै उच्च रहेको पाइन्छ । नेपालमा कुल एचआईभि संक्रमित मध्य ५३ प्रतिशत उपचारमा रहको तथ्यांकले देखाएको छ ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले अझै पनि अधिंकांश बिरामीको संक्रमण हुने प्रमुख कारण नै असुरक्षित यौनसम्पर्क रहेको बताए । यसको लागि मुख्य कुरो भनेकबो जनचेता नै हौ उनले भने, ‘हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ’, उनले भने, ‘तर सबैको पहुँचमा यो सन्देश पुग्न सकेको छैन । यसकारण ७६ प्रतिशत संक्रमणकै असुरक्षित यौन कारण भएको छ।’ पोखरेलले एचआइभी संक्रमितहरूले बिचमै औषधि छोड्ने कारणले पनि समस्या जटिल हुने गरेको दावी गरे ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले एचआईभी संक्रमितको क्षेत्रमा सबै मिलेर काम गर्न जरुरी रहेको बताए । उनले यो समस्या बहुपक्षीय प्रयासबाट कम गर्न सकिने भन्दै सबैको सहकार्यको आवश्यकतामा जोड दिए ।
२०१० देखि सन् २०१७ सम्ममा नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको र ६३ प्रतिशतले बच्चाहरूमा आउने संक्रमणमा कमी आएको कार्यक्रममा जानकारी गराइयो । यसैगरी सात वर्षयता एचआईभीबाट मृत्यु २३ प्रतिशतले घटेको समेत जनाइएको छ ।
नेपालमा हाल ३१ हजार हाराहारीमा एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग र उपचार सेवाकालागि विश्वव्यापी रूपमै ध्यानाकर्षण गर्दै जनचेतना जगाउने उदेश्यले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन् ।
नेपालमा पनि विश्व एड्स दिवसको अवसरमा विविध कार्यक्रम गरी देश, प्रदेश र जिल्ला कार्यालयहरुमा शनिबार दिवस मनाइँदै छ । यसको लागि सबै स्थानिय निकायहरुमा यसको सम्पूर्ण तयारी पूरा गरिसकेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्