सनराईज बैंकका शेयरधनीलाई ११.५% नगद लाभांश दिने घोषणा
काठमाडौं, १४ मंसिर । सनराईज बैंक लिमिटेडको संचालक समितिको मिति बिहिबार बसेको ३०३ औं बैठकको निर्णयबाट शेयरधनीहरुलाई आ.ब. २०७४/०७५ को मुनाफाबाट ११.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको कायम चुक्ता पूँजी रु. अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय एकाउन्न रुपैयाँ को ११.५% (कर समेत) का दरले हुन आउने रकम रु.९३ करोड ७५ लाख ४३ हजार ९ सय नेपाल राष्ट्र बैंक तथा आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।
साथै आयकर ऐन, २०५८ को दफा ४७ क अनुसार एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई मिति २०७३/१०/२८ मा प्राप्ति (एकीकृत कारोबार) गरेकोले सो मिति पश्चात शेयर कारोबार गरी नगद लाभांशका लागि योग्य रहेका शेयरधनीहरुको नगद लाभांशमा लाग्ने लाभांश कर रकम सम्बन्धित शेयरधनीलाई वितरण गरिने छ ।















प्रतिक्रिया दिनुहोस्