मन्त्रीपरिषद्ले के के निर्णय गरे, बुंदासहित हेर्नुहोस्

काठमाडौं, मंसिर १३ । केही दिन अगाडी बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।
मन्त्री परिषद्को बैठकको निर्णय प्रत्येक हप्ताको बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने नीति अनुसार मन्त्रीपरिषद्बको केहि दिन अघि गरेका निर्णहरु बिहीबार सार्वजनिक गरेको हो ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकका मूख्य निर्णयहरु यस्ता रहेका छन् ।
राष्ट्रपति बिद्या भण्डारीको जलबायु सम्मेलनको लागि आगामी मंसीर १७ र १८ मा हुने पोल्याण्ड भ्रमणको स्वीकृति प्रदान गरेको छ । कम्वोडियाका प्रधानमन्त्रीहुन सेन र म्यानमारको स्टेट काउन्सिलर आङसाङ सुकीको नेपाल भ्रमणलाई स्वीकृत गरेको छ । नेपाल र कम्बाडियाबिचको हवाई सम्झौताको स्वीकृत गरेको छ । खेलकुदमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको छ । नेपाल–भारत सुरक्षा सम्वन्धि कार्यक्रम काठमाण्डौमा गर्न स्वीकृति गरेको छ । सशस्त्र संघर्षमा रहेकालाई राजनीतिकबार्ता टोलीको समय थप गर्ने निर्णय गरेको छ ।
भरतपुर नगरपालिका र वाइसाइड काउन्सिल अष्ट्रलियाबिच भगिनी सम्वन्ध स्थापना गर्न स्वीकृति गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७,२३,७५० रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
यस्तै सुनसरीको दुहवीमा हत्या गरिएका फिदा हुसैन र कपिलवस्तुमा हत्या भएका दिपेन्द चौधरीको परिवारलाई १०–१० लाख रुपैयाँ दिने मन्त्रीपरिषद्को निर्णय गरेको सार्वजनीक भएको छ ।
प्रतिक्रिया दिनुहोस्