उपत्यकामा ४ दिने जोर–बिजोर प्रणाली लागु, आज बिजोरको पालो
काठमाडौ, मंसिर १३ । आजबाट राजधानीको सडकमा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ । काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आउने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आउदो शनिबारदेखि सोमबारसम्म हुन लागेको सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि काठमाडौंको सवारी व्यवस्थापन गर्न लागिएको हो । जसमा आज अर्थात विहिवार र शनिबार बिजोर तथा भोलि अर्थात सुक्रवार र आइतबार जोर नम्बर प्लेटका सवारी साधन चलाउन पाउने छन् ।
अत्यावश्यक सेवाहरु जस्तै मिडिया तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
प्रतिक्रिया दिनुहोस्