लु २ ख ६६३० नं को बस धादिङमा दुर्घटना, १ को मृत्यु, ३ गम्भीर घाइते

काठमाडौं । आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा यात्रु बाहक बस दुर्घटना भएको छ । बस काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै थियो उक्त बस बिसालटारको मोडमा अनियन्त्रित भई सडकबाट करिब १०० मि. तल खसेको जि.प्र.का.का गजुरीका प्रहरि निरीक्षका कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । ४४ जना यात्रु रहेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको हुँदा १ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीर अस्पताल पठाइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत भने हुन सकेको छैन बाँकी सामान्य घाइतेको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १३ जना यात्रु भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्