त्यसमध्ये एमालेले ७७ क्षेत्रमा विजयी हासिल गरेको छ भने ४ स्थान अग्रता लिएको छ । अग्रता लिएका ठाउँमध्ये सुनसरी -३ मा गणना रोकिएको छ । त्यसबाहेक स्याङ्जाका दुवै क्षेत्र, कैलाली- २ मा एमालेले अग्रता लिएको छ । माओवादी केन्द्रले अहिलेसम्म ३६ क्षेत्रमा विजयी हासिल गरेको छ ।

कांग्रेस हालसम्म २१ स्थानमा विजयी भएको छ । राजपा र संघीय समाजवादीले २०, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।