ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा मनाङले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जितको खोजिमा हुनेछन् ।
तीन खेलबाट शत प्रतिशत नतिजा निकाल्दै ९ अंक बनाएको मनाङ पछिल्लो समयमा निकै लयमा रहेका छन् ।
यता, एपीएफको भने तीन खेलमा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारसहित ४ अंक रहेको छ ।
त्यस्तै, आजै यही मैदानमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्बल (बीबीसी) ले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम जितको खोजीमा रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्