काठमाडौं, मंसिर ११ । बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौंको मैतीदेवीमा बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । काठमाडौं उपत्यकामा बिजुलीका पोलका कारण सडक दुर्घटना बढ्दै गएको छ । साँघुरो सडकमा राखिएका बिजुलीका पोलसँगै चालकले लापरबाहीका कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्