राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

काठमाडौं, मंसिर १० । राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् ।
उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् ।
कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्