कामचलाउ सरकारद्वारा संस्थानको प्रमुख नियुक्ति, आउने सरकारले के गर्ला ?

काठमाडौं । चलचित्र विकास वोर्ड, गोरखापत्र संस्थान लगायतका स्थानमा नया प्रमुख नियुक्ति भएको छ ।
आजका बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको हो ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् ।

त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा गोरखापत्र संस्थानकै कर्मचारी बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय  पनि हुन् ।

बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।

विपक्षी पाटीृले भने काम चलाउ भई सकेको सरकारले गरेका सबै निर्णहरु खारेजी गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्