काठमाडौं, ६ मंसिर । नेपाल दक्षिण एशियामै ट्रकोमा (खस्रे) रोग उन्मुलन भएको पहिलो देशको रुपमा घोषित भएको छ । यस सगै नेपाल २ करोड ९० लाख नेपाली ट्रकोमा रोगबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसको लागि नियमित रुपमा हात र मुख धुने, प्रत्येक व्यक्तिलाई वर्षमा एक पटक एन्टिबायोटिक दिने, आँखाको शल्यक्रिया सेवा दिने, वातावरणीय सरसफाईमा ध्यान दिने जस्ता कार्यले यसबाट बच्न सकिने समेत मन्त्रालयले जानकारी दिएको छ ।
तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने सङ्क्रामक रोग हो । यसले आँखाको ढकनी मुनिको भागमा खस्रोपना ल्याउने भएकाले खस्रे रोग भनिएको हो । यो रोग लागेपछि आँखा दुख्ने, आँखाको बाहिरी सतह ९कर्निया० टुक्रने र अन्त्यमा अन्धोपना हुन्छ । पानीको अभाव, सरसफाइको कमी भएको क्षेत्र र आँखामा बस्ने झिङ्गा धेरै भएको बाक्लो बस्तीका गरीब समुदायमा यो रोग बढी फैलने चिकित्सकले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाल दक्षिण एशिया मै पहिलो ट्रकोमा (खस्रे) रोग उन्मुलन भएको देशको रुपमा घोषित भएको जनाएको हो । १ देखि ९ वर्ष उमेरका ५ प्रतिशत भन्दा कम बालबालीकाहरुमा ट्रकोमा लक्षण देखि मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रामा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेत्र अध्यायन संघ लगायत आँखा अस्पताल लगायत सबैसंघ संस्थाको सहयोगमा नेपाल दक्षिण एशिया मै ट्रकोमा उन्मुलनको पहिलो देश बनेको घोषित गर्न पाउँदा आफु लगायत सबै नेपालको खुशी भएको बताउनु भयो । मन्त्री यादवले ट्रकोमा उल्मुलन भएको घोषणा गरिहंदा फेरि उत्पनन्न हुन नदिन प्रयासहरु भने जारी राख्नु पर्नेमा जोड दिनु भयो । मन्त्री यादवले लिम्फाटिक फिलारायसि र कालोज्वर जस्ता अन्य उपेक्षित ट्रोपिकल रोगहरु एनडिटि र जिल्लाह स्तरमा निवारण गर्न अझै प्रयास रहेको कुष्ठरोग,ल गायत अन्य प्रणघातक रोगलाइै न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालय सबैसपक्षसंग सहकार्य गर्दै लागि परेको पनि बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या निमित्त सचिव डा. सुसिलनाथ प्याकुरेलले नेपालमा वयावह रुपमा रहेको ट्रकोमा रोग निवारणले नेपालीलाई धेरै राहत मात्र नभई गर्वको विषय भएको बताउनु भयो । उहाँले सन् २०१८ को मेमा विश्व स्वास्थ्य संगठनले आधिकारिक घोषणा गर्ने लक्ष्य सफल भएको बताउनु हुँदै निवारण भयो भनेर चुपलागेर बस्न नहुने बताउनु भयो । यसको लागि हर प्रयास र सरसफाएमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विश्व स्वास्थ्य संगठनका दक्षिणपूर्वि एशिया क्षेत्रिय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेत्र ज्योति संघ लयायत आँखा अस्पतालहरुको सहयोगले आज नेपाल ट्रकोकोलाई उन्मुलन घोषणा गर्न सफल भएको बताउनु भयो । यो सफलता संगै लक्ष्य प्राप्ति गरेको उल्लेख गर्नुहुँदै स्थायित्व, लगाव, दृढटा, र संकल्पले मात्र नभई ट्रमाको निवारण गर्ने विश्व स्वस्थ्य संगठनको सेफ राणनीति योजनाले समेत यो सफलता मिलेका कुरा औल्याउनु भयो । उहाँले भन्नुभयो,“ २००९ देखि नेपाल सरकारलाई ट्रकोमाको प्रभाव सर्वेक्षणका साथै प्रभावित जिल्लाहरुमा सेवा विस्तारका साथै अमेरीकी सहयोग नियोग आज यो प्रतिफल हासिल गर्न सफल भएकोप्रति गर्व गर्नुपर्छ । ” यो सफलताबाट दुर्गम, उपेक्षित र सिमान्तकृत जनसंख्यालाई केन्द्रमा राखेर स्रोत साधन परिचालन, चुस्त निरिक्षण गर्नुपर्ने र लगाव भएमा सफल हुन सक्ने कुराको उजार गरेको बताउनुभयो । उहाँले ट्रकोमा सार्ने मुख्य कारक तत्व झिंगाबाट बन्च उचित खानेपानी र वातावरणीय सरसफइमा ध्यान दिनुपर्ने बताउनु भयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले ट्रकोमा उल्मुनलनबाट जनस्वास्थ्यको क्षेत्रमा नेपालले ठूलो सफलता हासिल गरेको बताउनु भयो ।
कार्यक्रममा ट्रकोमा विवारणमा उल्लेख्य सहयोग गर्ने नेपाल नेत्रज्योति संघ, रिसर्च ट्राइएङगल इन्स्टिच्युट, तिलगंगा आँखा प्रतिष्ठान लगायत अन्य सहायोगीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नि. सचिव डा सुशीलनाथ प्यकुरेले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्