१५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७६ स्थानमा जित हासिल गरेको छ ।

त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले २० स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ९ र संघीय समाजवादी फोरमले ९ स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका उम्मेदवार एक÷एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्