झापामा एक करोड लगानीको सिटी पार्टी प्यालेस संचालनमा

काठमाडौ,मंसिर-५ । झापाको बिर्तामोडमा रु एक करोडको लागत परेको सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ ।

झापाको दुई युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पार्टी प्यालेस सञ्चालनमा आएको हो । युवा व्यवसायी सुवोद पाठक र कृष्ण पौडेलले आज यहाँ पत्रकार भेटघाटको आयोजना गरी पार्टी प्यालेस सञ्चालनबारे जानकारी दिए ।

निम्न तथा मध्यम वर्गलाई समेत समेटिने तथा पहुँचमा पुर्याउने उद्देश्यले पार्टी प्यालेस सञ्चालनमा ल्याइएको संचालक पाठकले बताए । पाठकले ‘मानिसमा पार्टी प्यालेस भनेपछि धनाड्य परिवारले मात्र विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा पार्टी गर्छन् भन्ने सोच छ’, तर हामीले ‘निम्न र मध्यम वर्गले पनि कार्यक्रम गर्न सक्ने गरी सर्वसुलभ मूल्यमा सेवा दिन्छौँ भने।’ उनले यहाँबाट न्यून खर्चमा पनि विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने पनि बताए ।

अर्का सञ्चालक पौडेलले विवाह, पार्टीमा हल निःशुल्क उपलब्ध गराउने जानकारी दिए । ‘पार्टी प्यालेसको हल भाडा मात्र झण्डै २० हजार तिर्नुपर्छ’ हामी हल भाडा लिदैनौँ, सेवा पनि गुणस्तरीय प्रदान गछौँ भनेर जानकारी दिए।’

पार्टी प्यालेसमा ९१७ जना क्षमताको पार्टी हल, ८० जना क्षमताको मिटीङ हल, ३०० जना क्षमताको कन्फ्रेन्स हल रहेको छ । तीन वटै हलमा एसी रहेको पौडेलले बताए । यस्तो ‘साउण्ड सिस्टम लगायत बिभिन्न सामग्री भएको यो कन्फ्रन्स हल बिर्तामोडमै पहिलो हो पौडेलले बताए। रुफटफ होटल, स्वीमिङ पुलसँगै रहेको पार्टी प्यालेसको सञ्चालकीय भूमिका युवा व्यवसायी हरि धिमाल समेत छन् ।

प्रतिक्रिया दिनुहोस्