स्याबास सन्दीप ! ५७ लाखमा पाकिस्तान सुपर लिगमा अनुबन्धित Jagaran News Published On : 21 November, 2018 1:50 am काठमाडौं, ५ मंसिर। नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पी.एस.एल) क्रिकेट खेल्ने भएका छन् । पीएसएलको हिजो भएको पहिलो चरणको खेलाडी बोलकबोलमा सन्दीपलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ । सन्दीपले एक सिजनका लागि कम्तिमा ५० हजार डलर पाउनेछन् । एकै प्रतियोगितामा सर्वाधिक रकम लिने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । उनले यसअघि इन्डियन प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी–ट्वेन्टी प्रिमियर लिग, विगब्यास लिग र टी–टेन क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायतका विश्वका शीर्ष प्रतियोगिताहरुमा खेलिसकेका छन् । सन्दीपले पाकिस्तान सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीहरु एबी डे भिलायर्स, फकर जमान, सोहिल अख्तर, मोहम्मद हफिज जस्ता खेलाडीसँग खेल्नेछन् । प्रतियोगिताको खेलाडी ड्राफ्टमा गोल्डेन समूहमा रहेका सन्दिपलाई लाहोरले पहिलो चरणमा नै छनोट गरेको हो । यो टिमको मेन्टरका रुपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तिब्र बलर सोयव अख्तर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्