डाक्टर गोविन्द केसी अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी

काठमाडौं, ३ मंसिर । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।  छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् ।
डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।
डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्