१६ औं हस्तकला व्यापार मेला सम्पन्न, ८ करोड ७५ लाख भन्दाबढि आर्थिक कारोबार

काठमाडौं, २ मंसिर । नेपाल हस्तकला महासंघको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।
मेलाको अवधिमा स्टलमा भएको प्रत्यक्ष विक्री र अर्डर समेत गरी करिव रु. ८ करोड ७५ लाख भन्दाबढि आर्थिक कारोबार हुनुका साथै १ लाख ३५ हजार भन्दा बढि आगन्तुकहरुले मेला अवलोकन गरेको महासंघले जनाएको छ । निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समापन गरेको थियो ।
नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा यहि कार्तिक २८ देखि सुरुभई नेपाल हस्तकला महासंघको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ र नविल बैंक लि.ले पनि सहकार्य मेललाई सहयोग गरेको थियो ।
मेलामा ७ वटा पेभिलियन सहित १७२ वटा स्टलह रहेका थिए । स्वतन्त्र निर्णायक मण्डलबाट स्टलको लेआउट, प्रदर्शकको व्यवहार, सृजनशीलता (सीप र कलाकारिता) कच्चा पद्धार्थको उपलब्धता, व्यापार संभाव्यता आदिको आधार लिई सबैभन्दा बढि अंक प्राप्त गर्ने पेभिलियन एक लाई उत्कृष्ट पेभिलियन र १. स्टललाई उत्कृष्ट स्टलको रुपमा पुरस्किृत गरेको छ ।
मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि यस मेलामा प्रत्यक्ष रुपमा मेलामा २० भन्दा बढि जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व गरेका थिए । यसको अतिरिक्त नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल व्यापार एकिकृत रणनीति ९ल्त्क्ष्क्० भित्र परेका वस्तुहरुलाई पनि मेलामा उच्च प्राथमिकतामा पश्मिना, जुत्ता, टेक्सटाईल र छालाका सामानहरु प्रदर्शन गरिएका थिए ।
यस मेलाको अर्को महत्वपूर्ण विधा अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage) कार्यक्रम हो । विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृतिबीच रहेको सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले यस मेलाको अवधिमा प्रमुख आकर्षणको रुपमा केही सांस्कृतिक कार्यक्रम समाबेश गरिएका थिए । ती मध्ये योगिनी नृत्य, कुमारी नृत्य, चर्या नृत्य, तामाé सेलो, झ्याउरे नृत्य, आर्यतारा नाच र पञ्चबू४ नृत्य आदि प्रदर्शन गरिएको थियो ।
मेलाको अर्को महत्वपूर्ण पक्ष सदस्यहरुबाट संकलन गरिएका मेलामा प्रदर्शित वस्तुहरु मध्येबाट उत्कृष्ट वस्तु (-Best Product_ ) छनौट गरी प्रथम, द्धितीय र तृतिय पुरस्कार प्राप्त गर्ने वस्तु गरी यसै समारोहमा पुरस्कृत गरिएको छ । उत्कृष्ट वस्तु छनोट गर्दा वस्तुको Appearence/look, , कच्चा पद्धार्थको प्रयोग, वस्तुको गुणस्तरियता, निर्माण विधि आदिको आधारमा अंक प्रदान गरी स्वतन्त्र निर्णायक मण्डलबाट पुरस्कृत वस्तु छनोट गरिएको थियो ।
आगामी बर्ष २०१९/२०२० मा अन्तरराष्ट्रिय बजारमा माग हुन सक्ने सम्भावनालाई मध्यनजर राखी वस्तुहरुको त्चभलम म्ष्कउबिथ को आयोजना गत ३ बर्ष अघि देखि शुरु गरिएको थियो । उक्त त्चभलम म्ष्कउबिथ मा हातेकागज, सेरामिक्स, पश्मिना, अल्लो तथा उनीजन्य वस्तुका साथै गरगहना तथा वस्तुहरु, प्राकृतिक रेशा, नट क्राफ्ट र कटनका सामानहरु र टाईडाई गरेकोे सामानहरुको डिजाईन प्रक्षेपण एवं प्रदर्शनी गरिएको थियो ।
मेलाको प्रमुख आकर्षणको रुपमा रहेको १४ औं हस्तकला जीवन्त प्रतियोगिता यस बर्ष परम्परागत विधातर्फ “मैनको मूर्ति” र आधुनिक विधातर्फ “ढाका बुनाई” मा संचालन गरिएको थियो । दुवै विधामा गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । जीवन्त रुपबाट उत्कृष्ट कलकौशल प्रस्तुति गर्नुहुने कलाकारहरुलाई प्रथमलाई रु.५०,०००/, द्धितीयलाई रु.३०,०००/ र तृतियलाई रु.२०,०००/ नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।
महासंघले सबैभन्दा बढि निकासी गर्ने सदस्यहरु मध्येबाट ३ जना र गैर सदस्यबाट १ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ५ करोड भन्दा माथि र एक करोड भन्दा बढि निर्यात गर्ने व्यक्तिहरु र उत्कृष्ट उद्यमी तथा उत्कृष्ट कलाकारलाई पनि मेला समुद्घाटन समारोहमा सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्