कम्युनिष्ट गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ । त्यस्तै मधेशवादी गठबन्धनको ११ सिट पुगेको छ । कम्युनिष्ट गठबन्धनले जितेको १०० सिटमध्ये एमाले एक्लैले ७० सिट जितिसकेको छ ।

एमालेको सूर्य चिन्हबाट जितेका हृृदेशयेश त्रिपाठी र बृजेश गुप्ताको समेत सिट जोड्दा एमालेको ७२ पुगेको छ । माओवादी केन्द्रले २७ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ । एमालेले ७० सिट जित्दा ६ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादीले ९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले १७ सिट जितेर ८ स्थानमा अग्रता कायम गरेको छ ।