नेता सापकोटाले भने -सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन ‘

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बलियो सरकारले जनअपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको पनि स्पष्ट पारे । जनताले असाध्यै अपेक्षा गरेको बलियो सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाई छ ।
नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समीक्षा गर्ने जानकारी समेत दिए । पार्टीको संगठन एकीकरणसम्बन्धि विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाई थियो ।
नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्