किसान माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्काशन आजदेखि खुला

काठमाडौं, २ मंसिर । केन्द्रीय कार्यलय लम्किचुहा ७ कैलालीमा रहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आज (मंसिर २ गते) देखि चुक्ता पूँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद निष्काशन खुला गरेको छ ।
किसान माइक्रोफाइनान्सको हाल कायम चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद जारी गर्न लागेको हो ।
यस हकप्रदमा शेयर कार्तिक १२ गतेसम्म कायम रहेका माइक्रोफाइनान्सका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई तोकिएको छ ।
हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र ती बैंकका शाखा कार्यालयहरुबाट, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट लि. सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत पुस ८ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
हकप्रद जारी पश्चात कम्पनीको चुत्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्