सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि

काठमाडौं, २ मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि तीन लाख कित्ता सर्वसाधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुई लाख ७३ हजार कित्ता आइपिओ छिटोमा मंसिर ५ गतेसम्म र बिक्री नभएमा ढिलोमा पुस २ गतेसम्म निष्काशन गर्ने छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक तर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशत हुनेछ ।
आइपिओमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ जनाएको छ ।
बनेपा १४, साँगा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको लुघुवित्तको चुत्ता पूँजी ७ करोड रहेको छ । सर्वसाधारणलाई आईपिओ निश्काशन पश्चात संस्थाको चुत्ता पूँजी १० करोड पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्