आफूखुशी एन्टिबायोटिक खाँदा ज्यान जान सक्छ ! सावधान ! यसो नगर्नुहोला ।

काठमाडौं,१ मंसिर  ।  रुघाखोकी लाग्यो, ज्वरो आयो वा झाडापखाला भयो भने के तपाई आफूखुशी मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ ?
सावधान ! यसो नगर्नुहोला । जथाभावी एन्टिबायोटिकको प्रयोगले ज्यान पनि जान सक्छ ।
चिकित्सकका अनुसार एन्टिबायोटिक विरामीले आफूखुशी किनेर खाने, औषधी पसलेले जथाभावी बेच्ने तथा स्वाथ्यकर्मीले पनि विरामीको राम्रोसँग परीक्षण नै नगरी जथाभावी चलाउने गरेका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्दै आएको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा यस बर्ष एन्टिबायोटिक जनचेतना सप्ताह संचालन भइरहेको छ ।
कुनै रोगविरुद्ध बिरामीलाई दिइएको औषधीको मात्रा नमिलेमा, चिकित्सकले सिफारिस गरेको औषधी पूरा नगरेमा र चिकित्सकको सल्लाहविना विरामीले आफूखुशी औषधि प्रयोग गरेमा पछि गएर शरीरमा देखिने असरलाई एन्टिबायोटिक रेसिसटेन्स भनिन्छ । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्