निर्मला हत्या प्रकरण: थप चार जनाको डीएनए रिपोर्ट पनि मिलेन

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएका थप चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।
प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डीएनए नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आएको डीएनए रिपोर्ट निर्मलाको स्वाबमा रहेको डीएनएसँग म्याच नभएको उहाँले अनुसन्धानका क्रममा थप अरु कसैमाथि शंकाको अवस्था आए फेरि पनि डीएनए परीक्षण गर्न सकिने उनले बताए ।
यसअघि, प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गर्दा मेल खाएको थिएन भने दिलिपसिंह विष्ट र चक्रदेव बडुको समेत डीएनए मेल खाएको थिएन ।
प्रतिक्रिया दिनुहोस्