कञ्चनपुर १ मा दोब्बर मतान्तरले बिना मगर निर्वाचित

काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् ।

उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा ९एमाले० का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

२०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्