कामै गर्न नसकेको भन्दै गगन थापाले गरे प्रधानमन्त्री ओलीको चर्को आलोचना

काठमाडौँ, २९ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् ।
नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाए । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरित भइरहेको दावीसमेत गरे ।
संविधानको मूल मर्म अनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उनले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।
पूर्व मन्त्रीसमेत रहेका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्