हस्तकला व्यवसायलाई पुस्तान्तरण गर्नुपर्छः अर्थ मन्त्री खतिवडा, १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला सुरु

काठमाडौँ, २८ कार्तिक । अर्थमन्त्री डा.युवराज खतिवडाले हस्तकला व्यवसायलाई पुस्तान्तरण गर्न आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । हस्तकला व्यवसायलाई भाविपुस्तामा हस्तान्तरण गर्न सबै स्थानीय तहमा हस्तकला केन्द्र तथा प्रक्षिण केन्द्र खोल्न आग्रह गर्नुहुँदै उहाँले यसको लागि सरकारले सक्दो पहल गर्ने बताउनु भयो । व्यवसायीककरण गर्र्न आवश्यक कच्चापदार्थ, दक्ष जनशक्ति, दोहोरो कर, न्युन व्याजदर लगायत लगानीको लागि आवश्यक सबै कुराहरुको पहल र अनुसन्धान गर्न मन्त्रालय व्यवसायीसंग सहकार्य गर्न तयार भएका बताउनु भयो ।
हस्तकलाका सामग्रीहरु निर्यात गर्दाको र विदेशी पर्यटकलाई ट्याक्स फिर्ता गर्ने बारेमा अर्थ र मातहतका मन्त्रालयसंग छलफल गर्ने बताउनु भएको छ । नेपाल हस्तकला महासङ्घको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता आज देखि काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री खतिवडाले भुकम्पले क्षतिग्रस्त पुरातात्विक स्थलहरुको परम्परागत शैलीका कला कौशलको यथार्थ बस्तुस्थिति निर्माण गर्न दक्ष जनशक्ति अभाव भएकाले निर्माण गर्न कठिन भएको बताउनु भयो । उहाँले हरेक क्षेत्रको क्षेत्रगत कला कौशल सिपहरु अर्काे पुस्तामा हस्तान्तरण र व्यवसायिक नहुँदा यस्तो समस्या आएको बताउनुभयो ।
हस्तकलाको सहि तथ्यांक नभएको टिप्पणी गर्दै मन्त्री खतिवडाले डाटा संकलन गर्न लाग्नुपर्र्ने बताउनु हुँदै हस्तकलाका सामानहरुको कपिराई भईरहको व्यवसायीको गुनासो भएको बताउनु भयो । यसलाइृ नियन्त्रण गर्न छिट्टै प्रतिलिपि ऐन ल्याउन सरकारले तयारी गरेको जानकारी दिनुभयो । हस्तकला जोन निर्माणमा पनि सरकारले आवश्यक पहल गर्ने बताउनु भयो । सरकारको सवृद्ध नेपालको सपना सकार पार्न हस्तकला क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउँदै उहाँले निर्यातमा ५ प्रतिशत छुट दिने निर्णय गरेको समेत जानकारी दिए । हस्तकलाका समान निर्यात मात्र होईन स्वदेशमा पनि उपयोग गर्नु पर्ने तर्क गर्नुहुँदै यसले गर्दा कालगिढ तथा व्यवसायीलाई थप हौशला हुने बताउनु भयो ।
नेपाल हस्तकला महासंघको अध्यक्ष धर्मराज शाक्यले नेपाली उत्पादन तथा सामाग्रीहरुबाट बनेका र बनाईएका लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्ने उद्देश्यले धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्रकृति रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तुहरु मेला आयोजना गरिएको बताउनु भयो । स्वगत मन्तव्य दिंदै उहाँले हस्तकला क्षेत्रमा संलग्न स्वदेशी तथा विदेशी कालिगड सिप र क्षमता आदानप्रदान हनुका साथै हस्तकाला क्षेत्रको समस्या र सम्भावनाबारे छलफल तथा उनीहरुलाई पेशाप्रति उत्प्रेरित गरी नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्न र लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्नु नै मेलाको मुख्य उद्देश्य भएको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।
कार्यक्रममा नेपाल उद्ययोग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले नेपाली हस्तकलाले नेपाललाई विश्व मानचित्रमा चिनाउने काममा महत्पूर्ण काम गरेको बताउनु भयो । नेपालको वेरोजगार समस्यलाई समेत थप टेवा पुर्याएको बताउु भयो । बढ्दो व्यपार घाटालाई न्युनिकरण गर्न नेपाली हस्तकलाको समानहरु निर्यात बढाउनु पहिलो विकल्प भएको तर्क गर्नुभयो । यसको लागि सबै निजिक्षेत्र सरकार संग सहकार्य गर्न तयार भएको बताउनु भयो ।
ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु मर्हजनले वल्र्ड क्राफ्ट काउन्सिलद्वारा ललितपुलाई महानगरपालीकालाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरेकोमा सबैलाई धन्यवाद दिए । महानगरपालिका हस्तकलाको विकास र प्रवद्र्धनको लागि निरन्तर लाग्ने बताउनुभयो । उहाँले नेपाल सरकारले गरेका हरेक कार्यहरु प्रभावकारी नभएको तर्क गर्दै सलाई समयमै सुधार गर्न आवश्यक भएको बताए ।
नविल बैंकका सिईओ अनिल केसरी शाहले हस्तकला व्यवसायलाई प्रवद्धन गर्न आफु र नविल बैंक तयार भएको बताउनु भयो । यो व्यवसायलाई निरन्तरता दिन सकेमा नेपाल अन्तराष्टिय स्तरमा समेत नेपालको पहिचान हुने बताउनुहुँदै उहाँले भन्नुभयो, “व्यवसाय गर्न योग्य प्रस्ताव ल्याउनुस् नविल बैंक ५ दिनभित्रै कर्जा दिन तयार छ ।”
कार्यक्रममा नेपाल चेम्बर आफ कमर्शका कावा. अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका कृष्णप्रसाद अधिकारीले शुधकामना व्यक्त गरेका गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट व्यवसायी तथा निर्यातकर्ताहरुलाई सुनको तक्मा सहित ताम्रपत्र प्रदान गरिएको थियो ।
स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत (स्टल) आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने जनाएको छ । आज देखि सुरु भएको मेला मङ्सिर २ गतेसम्म चल्लनेछ ।

तस्विर: मुकुन्द कालिकोटे

प्रतिक्रिया दिनुहोस्