३२ हजार ३सय ४७ मतका साथ सुनसरी ४ बाट अर्थमन्त्री कार्की निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।
कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।
कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ । तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्