सभापतिले गर्दा प्रतिपक्षदल संसदमा कमजोर भयो: वरिष्ठ नेता पौडेल

काठमाडौं, २७ कार्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप प्रतिपक्षदलले आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।”
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।” वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको बताउनुभयो । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँद उहाँले सामान्य ‘हाई हेल्लो’ मात्रै हो भन्नुभयो । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उहाँले बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताउनुभयो । प्रक्रिया पु¥याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।” अर्को एक प्रसङ्गमा उहाँले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्छ भन्नुभयो । सरकारप्रति टिप्पणी गर्दै उहाँले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विपक्षी शान्त भलाद्मी तरिकाले बसेको छ, जनता निरास छन् ।” विपक्षी शान्त बस्दा सरकार काम कारवाही ढिलासुस्ति भएको र भ्रष्टहरुले मौका पाएका बताए ।
प्रतिक्रिया दिनुहोस्