पश्चिमी वायुको आंशिक प्रभाव, भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २२ कार्तिक । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
यस्तै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।























प्रतिक्रिया दिनुहोस्