कांग्रेस नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका छन्।
२०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतान्तरले पराजित गरेका हुन्।
किसान ३४ हजार ४९२ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। पौडेलले २७ हजार ६९० मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्