भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं, कात्तिक २६ । सरकारले भारतका लागि नेपाली राजदूतमा संविधानविद निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो ।
यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भए पनि नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
यस्तै बैठकले मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्