शंखधर साख्वा न्याय र समानताका अभियन्ता : प्रधानमन्त्री ओली

काठमाडौं , कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् ।
नेपाल संवतको नयाँ वर्ष ११३९का अवशरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको उल्लेख गरे । शाख्वाको योगदान अहिले पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔँ पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्