५ मतले युवा नेता पौडेको हार, पूनः मतदानको माग गर्दै मतगणनास्थलमा नारावाजी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
पौडेललाई नेकपा माओवादी नेतृ आशा कोइरालाले ५ भोटको अन्तरले राएका छने । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए ।

उनी लेकतान्त्रिक गठबन्धनबाट उम्मेदवार थिए भने कोइराला बाम गठबन्धनबाट चुनाव लडेकी थिइन् । कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् ।

 

यसैबीच कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् । पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्