प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना हुन्छन् ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेका थिए ।

जेनजी युवाहरूले बुधबार सिमरामा बिरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । यसै लाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक डाकेको हो ।

प्रतिक्रिया दिनुहोस्