रुपन्देहीमा ६ जना जुवाडे पक्राउ , २ लाखभन्दा बढीको पटका बरामद

काठमाडौं, कात्तिक २० ।  रुपन्देहीमा प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । देवदह २ लखनचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले ६४ हजार नगद र आठ वटा मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै, पछिल्लो ५ दिनको अवधीमा २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद भएको छ ।

प्रदेश ५ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले चाड पर्वका बेला हुने अवान्छित गतिविधि रोक्ने अभियान अन्तर्गत पटका बरामद गरी नष्ट गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्