आइएमई लिमिटेड र पल्पसा क्याफेवीच सम्झौता, १५ प्रतिशतछुट

काठमाडौं, कार्तिक १९ । आइएमई लिमिटेड र पल्पसा क्याफेबिच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमाउ पलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने छन् ।

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ साल असोज २४ गतेदेखि दुई वर्षसम्म लागु हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउनु भयो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै सेवा गरि आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्