सन्राइज बैक लिमिटेडले १अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
काठमाडौं, १८ र्कािर्तक । सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । “सनराइज डिबेञ्चर २०८०” (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गनुर्भको छ । पाँच बर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रले बार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने भुक्तानि अर्धबार्षिक रुपमा हुनेछ ।
बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट ( private placement )मार्फत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिनेछ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । असोज मसान्तमा बैंकको कुल निक्षेप :७५.७९ अर्ब रहेको छ भने कुल कर्जा ६६.८२ अर्ब रहेको छ ।















प्रतिक्रिया दिनुहोस्