सहायक वन अधिकृत ६० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं,कात्तिक १८ । उदयपुरमा एक सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले सम्पर्क कार्यालयबाट रंगेहात पक्राउ गरेको हो ।
सब डिभिजन वन कार्यालय नेपालटारको गाइघाटको डिएमगेटमा रहेको सम्पर्क कार्यालयबाट काम मिलाइदिने बाहानामा ६० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको हो ।
जंगलबाट कटान गरी घाट गड्डी गरी राखेको काठको लागत मिलाई दिने भन्दै साहले सेवाग्राहीसँग रकम लिएको अख्तियारको टोलीले जनाएको छ । साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्