आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाइदै

काठमाडौं। आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिनको सम्झनामा दिवस मनाउँने गरिन्छ ।

यसबर्षको मानव अधिकार दिवसमा मानव अधिकार घोषणपत्र पारित गरेको ठ्याक्कै ७० बर्ष हुँदैछ । यो बर्षको मानव अधिकार दिवस बिश्वभरि बिशेष रुपले मनाइँदै छ ।

काठमाडौँमा आजदेखि महाभेला
नवौँ मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौँमा जारी छ । ‘विकास र समृद्धिको आधार स् महिला र युवाको समान अवसर’ भन्ने नाराका साथ हिजो देखि राजधानीमा भेला जारीरहेको छ । महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा सुरुभएको हो ।

भोलीसम्म सञ्चालन हुने उक्त भेलाले मानव अधिकार दिवसको सन्दर्भमा हुने प्रभातफेरीमा सहभागिता जनाउनेछ । महाभेलामा मुलुकमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिबीच छलफल हुनेछ ।

शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवस का अवसरमा शुभकामना सन्देश दिँदै मानवअधिकारको सिलसिलामा सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताका विषयमा समेत मनन गर्नुपर्नेमा जोड दिएकिछन ।

शुभकामनामा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरेको र मानवअधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएकामा आफूलाई खुशी लागेको उल्लेख गरेकि छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समानता, न्याय, लोकतन्त्र, जीवनको स्वतन्त्रता, मानव सम्मान र अधिकारको संरक्षण, संवद्र्धनका लागि सभ्य समाजको आवश्यकता पर्ने उल्लेख गरेका छन ।

विश्व मानवअधिकार दिवस का अवसरमा शुभकामना सन्देश दिदै अन्तराष्ट्रिय प्रतिबद्धताअनुरुप आम नेपाली नागरिकको मानवअधिकारको सम्मान गर्ने संस्कृतिको विकास गरी समानता र न्यायमा आधारित समावेशी नेपाली समाजको स्थापना गर्न सरकार क्रियाशील रहेको बताएका छन ।

शुभकामना सन्देशमा प्रत्येक व्यक्तिको जीवन स्वतन्त्रता, समानता, न्यायपूर्ण समाज तथा मानवीय मर्यादा र सम्मानका लागि विश्व मानव समुदाय एकै मूल्य र मान्यतामा गोलबद्ध हुने कुराको सुनिश्चितता गरेकाले समावेशी विकासद्वारा मानवअधिकार सुनिश्चित गर्न लागिपरेको उल्लेख गरेका छन।

प्रतिक्रिया दिनुहोस्