यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए

काठमाडौं , कात्तिक १७ । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई राजनीतिमा अगाडि आउन सहयोग गर्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ।
सहाना प्रधान, हिसिला यमी, कमला पन्त, राधा ज्ञावाली तीन पटक मन्त्री भए। देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुई पटक मन्त्री भइन् भने दुई कार्यकाल राष्ट्रपति बनिन् । वर्तमान सरकारमा विना मगर, थममाया थापा, पद्माकुमारी अर्याल र रामकुमारी चौधरी मन्त्री छन् ।
द्वारिकादेवी ठकुरानी देशकै पहिलो महिला मन्त्री हुन् । ठकुरानी ०१६ सालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा मन्त्री बनेकी थिइन् । अहिलेसम्म नेपालका ७२ महिला मन्त्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस्