काठमाडौं , कात्तिक १७ । इलाममा नातिको कुटाईबाट हजुरबुवाको मृत्यु भएको छ ।
माई नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय देउमान नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकामा हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
शुक्रबार राति २२ वर्षीय सञ्जय राईले घरायसी विवादमा कुटपिट गरेपछि बृद्ध नेम्बाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सञ्जयलाई नियन्त्रणमा लिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्