काठमाडौं ५ बाट ईश्वर पोखरेल करिब १० हजार मतअन्तरले विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी हुँदा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।

यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल ०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्