नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो

काठमाडौं ।, कार्तिक १६  नेपाल–मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो परेको छ ।
नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र बैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको छ ।
मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भईरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ ।
नेपाल सरकारको असहमति रहँदारहँदै भिसा प्रक्रियाका लागि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठाउँदै आएको थियो ।
यसलाई ठगी भन्दै श्रम मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरेको थियो ।
श्रम सम्झौतामा मलेसियाले नेपाली कामदारले तिरिरहेको ती शुल्क रोजगारदाताले बेहोर्ने गरी सहमति गर्‍यो ।
ती संयन्त्रलाई यथावत राखेर काम गर्न दिने कि नदिने भन्ने द्विविधा सरकारसामु खडा भएको छ । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्