रोल्पामा वाम गठबन्धन विजयी

काठमाडौं। रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ ।

अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन ।

प्रतिनिधिसभाका लागि नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार वर्षमान पुनले २७ हजार ९०७ मत ल्याई विजयी भए । पुनका निकटतम प्रतिस्पर्र्धीका रुपमा रहनुभएका नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १४ हजार १०३ मत प्राप्त गरे ।

यसैगरि प्रदेशसभा क मा नेकपा माओवादीका कुलप्रसाद केसीले १७ हजार ७७६ मत प्राप्त गरी विजयी भएका छन । केसीका निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली काँग्रेसका शेरबहादुर महराले नौ हजार ६९० मत प्राप्त गरे ।

प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन मगरले २४ हजार ४९० मत प्राप्त गरी विजयी भएका छन । पुनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका खगेन्द्र प्रकाश हमालले नौ हजार ९६९ मत प्राप्त गरे । एक लाख २७ हजार ६२९ मतदाता रहेको रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्